हेटौंडा–११ शहिद स्मारक नजिक दुई वटा स्कुटर ठोक्किँदा पाँच जना घाइते

जनपत्र
१२ पुष २०८२, शनिबार १०:०१

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–११ स्थित शहिद स्मारक जाने बाटो नजिक पूर्व–पश्चिम सडकखण्डमा दुई वटा स्कुटर एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

हेटौडाबाट शहिद स्मारकतर्फ जाँदै गरेको बा प्र ०३९००५ प ४८९० नम्बरको स्कुटरले बाटो क्रस गर्ने क्रममा विपरीत दिशाबाट मनहरी हुँदै हेटौडा बजारतर्फ आउँदै गरेको ना २८ प ३३६१ नम्बरको स्कुटरसँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट थानाभर्‍याङबाट प्रहरी सहायक निरीक्षक शत्रुधन प्रसाद यादवको कमाण्डमा ट्राफिकसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी पुग्नुअघि नै स्थानीयले घाइतेहरूलाई उपचारका लागि हेटौडा पठाइसकेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*