हेटौंडामा ३ वटा सवारी एक आपसमा ठक्करदिदा ७ जना घाइते

जनपत्र
३ पुष २०८२, बिहीबार १६:४०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ प्रगती चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा आज तीन वटा सवारी एक आपसमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । इभी गाडी, स्कुटर र स्कार्पियो पिकअप एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा परेर ७ जना व्यक्ति घाइते भई उपचारका लागि हेटौंडा अस्पतालमा छन्।

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको इभी गाडीले विपरीत दिशा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। त्यसपछि सोही इभी गाडीले पुनः रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनामा तीनवटै सवारी साधनमा क्षति पुगेको छ भने ती सबै सवारी साधन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई राखिएको छ। स्कार्पियो पिकअप चालक भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१० निवासी करिब ३९ वर्षीय दिनेश तामाङ प्रहरीको सम्पर्कमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*