हेटौंडा–१ भैरवडाडाको भैरव आधारभूत विद्यालयमा पोसाक वितरण
हेटौंडा । जेसीआई हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नंं १ भैरवडाडामा अवस्थित भैरव आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जेसी सृजन राज बज्राचार्यले संयोजन गर्नु भएको कार्यक्रम जेसीआई हेटौंडा वर्ष वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक हुद्धत बहादुर दलामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल सुनारको आतिथ्यता रहेकोमा विशिष्ट अतिथिको रुपमा जेसीआई हेटौंडा वर्ष २०२५ का निवर्तमान शाखा अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठ र प्रमुख अतिथिको रुपमा हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपाने रहेका थिए ।
कार्यक्रममा ४३ सेट टि—सर्ट तथा टाउजर वितरण गरिएको थियो ।कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँले पूर्वअध्यक्षको तर्फबाट मनत्व्य राख्ने क्रममा जेसीआई हेटौंडाले विद्यालयहरुमा पोशाक वितरण लगायत शैक्षिक सामाग्री वितरण गर्दे जाने कार्यलाइृर् निरन्तता दिदै जाने धारण व्यक्त गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक हुद्धत बहादुर दलार्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिशाल सुनुवारले पोशाक सौजन्य गर्ने जेसीआई हेटौंडालाई धन्यवाद व्यक्त गर्दे आगामी दिनहरुमा समेत निरन्तर सयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथि सिनेटर विकेश लाल श्रेष्ठले जेसीस अभियानमा जेसीजले गर्ने गतिबिधिहरुका बारेमा जानकारी दिदै समाजमा जेसीसले निरन्तर सामाजिक उत्तर दायित्व बहन गर्दै सहकार्य गर्दै अगि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै प्रमुख अतिथि सविन न्यौपानेले मन्त्वय मार्फत जेसीजले आफनो गतिबिधि मार्फत यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा उल्लेखनिय भुमिका खेल्दै आइरहेकोमा प्रशंशा गर्दै सामाजमा समेत सामाजिक गतिबिधिहरु संचालन गर्दै समाजको रुपान्तरणमा उल्लेखनिय भुमिका खेल्दै आइरहेको र हेटौंडा जेसीजले राष्ट्रिय स्तरमा समेत आफनो बेग्लै छाप छोड्न सफल भएकोमा राष्ट्रिय उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, महासचिव लगातका पदमा नेतृतव गरिसकेको हुँदा आगामि दिनमा समेत हेटौंडा जेसीज राष्ट्रिय स्तरमा निरन्तर नेतृत्व प्राप्त गर्न सफल होस भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले संचालन गर्नु भएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष जेसी सन्तोष पराजुलीलिे स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।







