नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त

जनपत्र
२३ श्रावण २०८२, बिहीबार २०:३५

हेटौंडा, साउन २२ – बागमती प्रदेशसभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्।

बिहीबार प्रदेशसभा सचिवालय परिसरस्थित एमाले संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। एमाले संसदीय दलको विधान २०७७ को दफा १३ अनुसार श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

श्रेष्ठ मकवानपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। यसअघि उनी बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीसमेत भइसकेका छन्।

यसअघि प्रमुख सचेतक रहेका मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि रिक्त स्थानमा श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*