बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट डिस्चार्ज

जनपत्र
१९ श्रावण २०८२, आईतवार १७:०१

मकवानपुर १८, साउन । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वस्थ्य लाभ गरि हस्पिटलबाट डिस्चार्ज हुनुभएको छ ।

मुत्रप्रणालीमा समस्या देखिएपछि १५ साउनमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंमा उपचाररत थिए ।

४ दिनको उपचारपछि स्वास्थलाभ गरि उहाँ आज दिउँसो डिस्चार्ज हुनुभएको हो । यस अवधिमा उपचारमा खटिनु भएका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा उपचारमा सहयोग पुर्‍याउनु हुने अस्पतालका कर्मचारी, कार्यालय तथा निजि सचिवालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरुप्रति प्रदेश प्रमुखज्यूले आभार व्यक्त गर्नु भएको छ ।

अस्पतालबाट डिस्चार्ज हुनुभएपछी निजि निवास भैसेपाटी जानुभएको छ । प्रदेश प्रमुख देवकोटाको भोलि सोमबार हेटौंडा आउने कार्यक्रम रहेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*