बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ विजयी, लामा ८ मतले पराजित

जनपत्र
१५ श्रावण २०८२, बुधबार १६:१६

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार अपराह्न सम्पन्न निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामालाई ८ मतको फराकिलो अन्तरले पछि पार्दै बानियाँ विजयी भएका हुन्।

मतगणना अनुसार बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मतमा सीमित रहे। एक मत भने बदर भएको छ। कुल ३७ जना कांग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए।

यसअघि पनि लामा र बानियाँबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो। त्यसबेला लामा २१ मत ल्याएर विजयी भएका थिए भने बानियाँ १६ मतमै रोकिएका थिए। तर, पछिल्लो प्रतिस्पर्धामा समीकरण बदलिएको छ।

संसदीय दलको नेतृत्वको यो परिवर्तनले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*