प्रदेश सरकारले जलवायु परिवर्तन प्रति ध्यान दिनुपर्छ– सांसद पाठक

हेटौंडा । बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रदेश सरकारले जलवायु परिवर्तन प्रति ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशसमा बैठकलाई संबोधन गर्दै उहाँले बागमती प्रदेश सरकारले योजना नीति तथा कार्यक्रम बनाउँदा जलवायु परिवर्तनलाई जोड दिनुपर्ने बताउनुभयो ।
अहिले प्रदेश सरकार बजेट बनाउने तयारीमा रहेको छ यसै बिचमा बागमती प्रदेश सरकारको बैठकमा अबको नीति तथा कार्यक्रम बन्दा जलबायु परिबर्तन र वायु प्रदुषणले दिन प्रती दिन हाम्रो हिमाल, पहाड र तराई मिलेर बनेको बागमती पर्देशमा समस्या बढिरहेको प्रति ध्यान दिनका लागि सुझाब दिनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो दैनिक जिवनमा श्वास प्रश्वासमा प्रत्यक्ष समस्या ल्याई रहेको छ । हामिले विभिन्न योजना बनाई रहदा यस बिषयलाई बाग्मती प्रदेश सरकारको ध्यान जानि कि नजानी के सधै बागमती प्रदेशले निरन्तर योजना मात्र बनायर कार्यनयनमा हाम्रो भुमिका हुनि कि नहुनी ?’
जुन ५ मा अन्तर्राष्ट्रिय वातावरण दिवस मनाईरहदा प्लास्टिक निर्मुल बिश्वव्यापी नारालाई बागमती प्रदेशको प्रत्येक पालिकाको नारा बनाई कार्यनयनमा अगाडि बढनु पर्ने तब मात्र नीति कार्यक्रम र बजेट को सहि सदुपयोग हुनि बताउनुभयो ।