मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु, एक जना घाइते
हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ अर्का एक जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ६ भुलचोक स्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा ४ ख ५५८२ नंबरको बसले मनहरीबाट चितवन तर्फ जादै गरेको बा प्र ०६–००२ प ४२३३ नंबरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
अर्का एक जना घाइते भएका हुन् । बसको ठक्करबाट भरतपुर महानगरपालिका वडा नम्बर–२ क्षेत्रपुर बस्ने २८वर्षिय आकास बरामुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २८ वर्षिय बुद्ध लामा गम्भिर घाइते भएका हुन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।







