हेटौंडामा ६९ औं प्रहरी दिवस मनाइयो, प्रदेशको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनुपर्नेमा मुख्यमन्त्री लामाको जोड

जनपत्र
३० आश्विन २०८१, बुधबार १४:३१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारको स्थापना सँगै प्रदेशको शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारीमा रहेको प्रहरीलाइ प्रभावकारी एवं व्यवस्थित बनाउन लागिएको बताएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६९ औं प्रहरी दिवसका अवसरमा बोल्दै लामाले प्रहरीलाई बामगती प्रदेश सरकारले निरन्तर अभिभाकत्वको भूमिक निर्वाह गर्दै आएको बताए । प्रहरी दिवको एतिहासिक दिनमा सम्पुर्ण राष्ट्रसेवक प्रहरी कर्मचारी प्रति पेशागत सफलताको शुभकामना व्यक्त गर्दै उनले आउदै गरेको चाड पर्वहरू दिपावलि नेपाल सम्बत र छठको उपलक्ष्यममा बागमती प्रदेश सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक कृष्ण हरि शर्माले “साइवर सुरक्षा बारे फैलाउदै सचेतना जगाउनुपर्ने बताए । प्रहरीले “सत्य सेवा सुरक्षणम्” को मुलमन्त्रलाई शिरोपर गरी कुनै पनि प्रकारको भय र त्रासबाट मुक्त भई राष्ट्र, जनता र संगठनले चाहेको निस्वार्थ, निष्पक्ष र पारदर्शी जनसेवामा बागमती प्रदेश प्रहरी सदैब कर्तब्यनिष्ठ रहन्छ भन्ने प्रतिबद्धता जाहेर गरे ।

यस प्रदेशको शान्ति सुव्यवस्थालाई मजबुत बनाउने दिशामा बागमती प्रदेश सरकारबाट बिभिन्न तबरले सहयोग प्राप्‍त भैरहेको डिआइजी शर्माले बताए । पछिल्लो समयमा प्रदेश सरकार लगायतका बिभिन्न निकायहरुबाट प्रहरीको दैनिक कार्य सम्पादनलाई सहज र व्यवस्थीत बनाउने एवं यस प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउने सन्दर्भमा भएका बिभिन्न सहयोग, समन्वय भइरहेको बताए ।

कार्यक्रममा उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा इलाका प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी निरिक्षक कृष्ण गिरी, काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालका प्रहरी उपरिक्षक वसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापकका रुपमा पुरस्कृत भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*