मकवानपुरमा बस र ट्रक ठोकिदा ३० जना घाइते
हेटौंडा । मकवानपुरमा बस र ट्रक ठोकिदा ३० जना घाइते भएका छन् । घाइते मध्य २६ जनाको भरतपुरमा उपचार हुँदै, छ । अरु ४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ चौकीटोल स्थित पुर्ब पश्चिम सडकखण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख ३१२० नंबरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको ना ६ख ३११९ नंबरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।
दुर्घटना लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको कमाण्डमा टोली खटी गई उद्धार गरी घाईते उपचारको लागी चितवन तर्फ पठाएको हो ।
घाइते मध्यक्ष पुरानो मेडिकल कलेज चितवनमा १३ जना र नँया मेडिकल कलेज चितवतमा १३ जना गरि २६ जना र ४ जना घाईते हेटौडा अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलबाट दुवै सवारी साधन साईड लगाई बाटो दुई तर्फी सुचारू रहेको छ।







