मकवानपुरका चार स्थानमा सवारी दुर्घटना, १४ जना घाइते

जनपत्र
२८ आश्विन २०८१, सोमबार १४:१५

हेटौंडा । मकवानपुरमा चार स्थानमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ को चार्जिङ पोइन्ट नजिक पुर्ब–पश्चिम सडक खण्डमा दुइ वटा मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना २९ प ७९८३ नंबरको मोटरसाइकल र बिपरित दिशा तर्फ जादै गरेको ना ५९ प ७८३ नंंबरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा चार जना घाइते भएका हुन् ।

यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गढी रिसोर्ट नजिक नजिकै कान्तिलोकपथ सडक खण्डमा काठमाण्डौ बाट हेटौडा तर्फ जादै गरेको ना १ ह ९२११ नंबरको अटो आफै ब्रेक फेल भई अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा निम्न सवार ६ जना र्घाते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–७ गोठखोलामा धरान चतारा सडखखण्डमा हेटौडाबाट फापरबारी तर्फ आउदै गरको ना ३२प ३२४४ नंबरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा अटोमा सवार दुइ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीमा भित्री सडक खण्डमा मकरीबाट हेटौडा तर्फ जादै गरेको बा प्र ०३–००५ प ९७१ नंबरको मोटरसाइकल र भित्रि शाखा रोडमा घैयाडाँडाबाट हेटौडा बजार तर्फ जादै गरेको बा प्र ०१–०२८च ८९४८ नंबरको कार दुर्घटना दुइ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*