हेटौंडामा सुरु भयो दशैको चहलपहल, खसी बजार अझै तातेन
हेटौंडा । हेटौंडामा नेपालीहरुको महानपर्व दशैको चहलपहल सुरु भएको छ । दशैंका लागि मकवानपुरका गाउँगाउँबाट आउनेहरुको भीड बड्न थालेको हो ।
मकवानपुरका दशवटै स्थानीय तहबाट हेटौंडा बजारमा आफ्ना घरका सरसामान, खसी, बोका, कुखुरा बिक्री गर्ने र दशैका लागि आवस्यक खाद्यन्न, लत्ता कपडा लगायतका सामाग्री गाउँमा भित्रयाउनेक्रम सुरु भएको छ ।
हेटौंडा बजार क्षेत्रका कपडा पसल, किराना पसलमा पहिलेको तुलनामा दशै सुरु भएपछी निकै चहलपहल बडेको व्यापारीहरु बताउँछन् । यता मोवाइल पसलमा पनि पहिलेको तुलनामा चहलपहल बढेको छ ।
घटस्थापनापछी हेटौंडा बजारमा पहिलेको तुलनामा चहलपहल बढेपनि बाढी, पहिरो लगायतका कारणबाट भने सोचे जस्तो ग्राहकहरु सामान खरिदका लागि नआएको व्यापारीहरु बताउँछन् । हेटौंडा बजार क्षेत्रमा भन्दा पनि मकवानपुरका गाउँका नागरिकलाई दशैको धेरै महत्व हुने गरेको छ ।
निम्न बर्गिय परिवारमा दशैको छुट्टै महत्व छ । तर, शहरबजारमा सम्पन्न परिवारलाई दशैमा लाउने, खाने रमाइलो गर्ने भन्नेकुरा सधै हुने गरेकोले पनि यसको कम महत्व हुने गरेको उनीहरुको भनाई छ ।
दशैका लागि आवस्यक सामानको जोहो गर्नका लागि ६ महिना अघिदेखि पालिएको खसी, बोकाहरु बिक्री गरेर छोराछोरीलाई लत्ता कपडा र घरका लागि आवस्यक सामानको जोहो गरिएको मकवानपुरगढीका स्याम सापकोटा बताउँछन् ।







