पोखरामा स्कुल बस दुर्घटना : दुई जनाको ज्यान गयो

जनपत्र
१४ श्रावण २०८१, सोमबार १४:२६

काठमाण्डौ – पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा सहयोगीको रूपमा काम गर्ने आरती विक र उहाँका छोरा प्रिन्सको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा महानगरपालिका–१७ फुस्रे खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा विद्यार्थीसहित २३ जना घाइते भएका र उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*