नेकपाको इन्द्रसरोवर गाउकमिटीको सपथ, पार्टीलाई एक ढिक्का वनाएर अगाढी वढाउन नेताको सझाव

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपाको कमिटीको सपथ ग्रहण कार्यक्रम आज भएको छ । तत्कालिन नेकपा एमाले र तत्कालिन माओबादीको एकता संगै नेकपा कमिटी गठन भएपछी आज सपथ ग्रहण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले गाउँपालिका कमिटीका सबैलाई सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले पार्टीलाई वलियो वनाउनका लागि सबै एक ढिक्का भएर लाग्नुपर्ने वताउनुभयो । सबै पार्टीलाई वडा स्तर सम्म एक ढिक्का भएर अगाडी वढाउनका लागि नेताहरुले सझाव दिएका छन् ।
कार्यक्रममा संघिय सांसद तथा नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडा, अर्का केन्द्रीय सदस्य कुमारी मोक्तान, रामेस्वर राना, नेकपाका नेता सुवास चन्द्र ठकुरी, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेताहरु बद्री लंसाल, वलराम वल, एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । गाउँपालिका कमिटीका ६१ जनालाई सपथ ग्रहण गराईको पार्टीका नेता एकालाल श्रेष्ठले वताउनुभयो । कार्यक्रम नेकपा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष ऋसी पुणासैनीको अध्यक्षतामा भएको हो ।