कुन दिन नयाँ घरमा सर्न र जग हाल्न शुभ हुन्छ ?

जनपत्र
३१ असार २०८१, आईतवार ०६:५४

हिन्दु धर्ममा गृहप्रवेश तथा बसाइँसराइका लागि ज्योतिष तथा पुरोहितहरूको सल्लाह लिने प्रचलन छ । गृहप्रवेशलाई विशेष महत्व दिइने हुँदा घर तथा कोठा सर्न, घरको जग राख्नपनि साइत हेर्ने गरिन्छ । आजको लेखमा ०८० सालमा गृहप्रवेशका लागि अत्यन्तै शुभ र अशुभ मानिएका दिनको चर्चा गर्दैछौं  ।

‘सोम खेती, बुध घर’ भन्ने जनबोली निकै प्रचलित छ । यसको अर्थ खेतीबालीको काम सोमबारबाट र नयाँ घर प्रवेश तथा नयाँ कामको सुरुवात बुधबार गर्नु भन्ने हो ।

‘बुध‘ ग्रहकोलागि समर्पित बार ‘बुधबार’ विशेषतः विथाल देव (अर्थात् कृष्णको अवतार)को पूजा गरिन्छ । त्यसैले बुधबार नयाँ कामको थालनी गर्नु अति नै शुभ मानिन्छ ।

ज्योतिष परामर्श लिन नसकिने अवस्थामा तिथि, बार र नक्षेत्र र लग्नका आधारमा पनि गृह प्रवेश गर्न सकिन्छ । यसो गरेमा घरमा सुख शान्ति कायम हुने जनविश्वास छ ।

त्यसबाहेक नेपाल पञ्चाङ्ग समितिले निकालेको साइतमा गृह प्रवेश गर्नु अत्यन्तै उत्तम मानिन्छ । यस वर्षका लागि ६ दिन घर सर्नलाई उत्तम मानिएको छ ।

ज्योतिषशास्त्रअनुसार वैशाख र माघ महिनामा गृहप्रवेश गर्नाले धनधान्यको लाभ हुन्छ । त्यसैगरी ज्येष्ठमा गृहप्रवेश गर्नाले पशु र सन्तानको लाभ हुने फाल्गुनमा गृहप्रवेश गर्नाले सन्तान र धन लाभ हुने शास्त्रमा उल्लेख छ ।

अर्कोतर्फ, चैत महिनामा गृहप्रवेश गर्नाले धनको हानी हुने र अन्य महिनामा गृहप्रवेश गर्नाले हानीका साथै र शत्रुबाट भय हुने जनविश्वास छ ।

२०८० सालको गृह प्रवेशका शुभ बार, महिना र गतेः

बार महिना  गते 
बुधबार जेठ ३ गते (सूर्योदय देखि ३ घण्टाको समय)
सोमबार जेठ १५ गते (बिहानको ८ बजे पछि)
बुधबार जेठ १७ गते
बुधबार माघ ३ गते (सूर्योदय देखि ३ घण्टाको समय)
बुधबार फाल्गुन २३ गते (सूर्योदय देखि ३ घण्टाको समय)
बिहिबार फाल्गुन २४ गते (सूर्योदयको सुरुको समय)

तिथि, बार, नक्षेत्र र लग्नका आधारमा शुभ र अशुभ दिनहरूः 

शुभ  अशुभ 
तिथि शुक्ल पक्षको द्वितीया, तृतीया,पञ्चमी, षष्ठी, सप्तमी, दशमी, एकादशी र त्रयोदशी तिथि चतुर्थी, नवमी, चतुर्दशी
बार सोमबार, बुधबार, बिहिबार र शुक्रबार आइतबार, मंगलबार, शनिबार
नक्षेत्र  उत्तराफाल्गुनी, 

उत्तराषाढा, उत्तरभाद्रपदा, रोहिणी, मृगशिरा, चित्रा, अनुराधा एवंम रेवती

भरणी, कृतिका, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, विशाखा, ज्येष्ठा, पूर्वाषाडा, पूर्वाभाद्रपदा,
लग्न  वृष, सिंह, वृश्चिक र कुम्भ राशीको लग्न उत्तम हुन्छ । 

मिथुन, कन्या, धनु र मीन राशि

मध्यम

जन्मलग्न

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*