मुकुल भन्छन्– रविले देश बनाउने विश्वासमा गलत कुरा पनि मानें, आज सत्य बोल्दा कारबाही भयो

जनपत्र
२१ असार २०८१, बिहीबार १०:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही भएको बताएका छन् ।

अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबारको रास्वपाको केन्द्रीय समिति बैठकपछि मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ’, मुकुलले सामाजिक सञ्जालमा लेखेका छन् ।

पद गौण हो र जनताका कुरा बोलिदिंदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*