मकवानपुरमा बस दुर्घटना हुँदा ५ जना घाइते

जनपत्र
२४ बैशाख २०८१, सोमबार १०:४६

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा चित्लाङबाट हेटौंडातर्फ आउदै गरेको ना.५ ख १५९० नम्बरको बस आइतबार आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किँदा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेमा भीमफेदी गाउँपालिका–६ जुरीखेत बस्ने बर्ष ९१ को मान बहादुर डिङडुङ, सोही स्थान बस्ने बर्ष–२० की रोजी राना मगर, कलैया उपमहानगरपालिका–२ बस्ने बर्ष(५८ की ओमरावती देवी कुर्मी, रौतहट देवाई गोनाही नगरपालिका–४ बस्ने बर्ष ३६ को प्रहरी सहायक हवाल्दार मातृका प्रसाद कुर्मी र हेटौंडा उमहानगरपालिका–१८ हर्नामाडी बस्ने बर्ष–५० की सावित्री बिश्वकर्मा रहेका छन् ।

डिङडुङको स्वास्थ चौकी भिमफेदी, मगर र कुर्मीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बिश्वकर्माको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*