रास्वपाको निष्कर्ष : यही शैलीले पार्टी अघि बढ्न सक्दैन

जनपत्र
२२ बैशाख २०८१, शनिबार १०:३४

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ ।

इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको शुक्रबार बसेको सचिवालयको बैठकले निष्कर्ष निकालेको छ ।

‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*