हेटौंडा–१८ मा एमालेको वडा अधिवेशन, यस क्षेत्रको विकासका लागि तयार छौं–मन्त्री श्रेष्ठ

जनपत्र
२१ बैशाख २०८१, शुक्रबार १२:११

हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १८ को वडा अधिवेशन सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र गुम्बाडाडामा का।वा अध्यक्ष कल्पना कुइकेलको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी मन्त्री श्रेष्ठले वडाको समग्र विकासका लागि योजना तयार बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ । घरघरमा धारा, शुद्ध पिउने पानी अनिवार्य भन्ने अभियानलाई कार्यन्वयनको लागि अघि बढेको बताउदै उहाँले वडाको आर्थिक, सामाजिक र संस्कृतिक लगाएतको थप विकासको लागि योजना निर्माण गर्न आग्रह गर्नुभएको हो ।

नेकपा एमाले सरकारमा रहेमात्रै बिकासका कामहरुले गतिलिन्छ भन्ने जनताप्रती विश्वास रहेको उहाँले बताउनु भयो । मन्त्री श्रेष्ठले भन्नुभयोु(ूनेकपा एमालेले बिकासको मुद्दा बोक्छ, समृद्ध मुलुक निर्माणमा अघि बढ्छ भन्ने जनताको बुझाई छ । नेकपा एमालेले मात्रै देशको विकास गर्छ भन्ने जनतामा विश्वास बढेको छ ।ू देशमा भएको पछिल्लो उपनिर्वाचनले एमालेप्रती जनताको विश्वास देखाएको छ सोही अनुरुप हामीले जनताको काम गर्नपर्नेमा जोड दिनुभयो ।

उपनिर्वाचनले जनतामा उत्साह बढाएको बताउदै मन्त्री श्रेष्ठले २०८४ को निर्वाचनलाई अहिलेदेखी नै अभियानको रुपमा संगठन वृद्धि गर्नतर्फ लाग्न निर्देशन दिनुभयो ।
देश विकासको लागि २०८४ मा एमालेलाई स्पस्ट बहुमत आवस्यक रहेको भन्दै उहाँले स्थिर सरकार बनाउने गरि वडा(वडा, टोलटोलमा पार्टीको अभियान संचालन गर्न समेत निर्देशन दिनुभयो ।

एमाले सरकार नगई मुलुकले निकास पाउन सक्दैन भन्ने निश्कर्षबाट नै अहिले एमाले सरकारमा सहभागी भएको बताउनुभयो । तत्कालीन गठबन्धनको कारण मुलुकमा झन अस्थिरता, आर्थिक संकट, विकासको काम अवरुद्द भएको कारण मुलुकलाई यो अवस्थाबाट निकास दिन नै हामीले काङ्ग्रेस(माओवादी सहितको गठबन्धन तोडेर सरकारमा सामिल भएको भन्दै अब देशलाई सहि बाटोमा एमालेले डोर्‍याउने बताउनुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कमल बिष्ट, एमाले जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला कमिटी सचिवालय सदस्य तथा १८ नम्बर वडा अध्यक्ष अनिल बानिया, एमाले नेताहरु नरहरी महत, कृष्ण राई लगाएतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका(१८ मा इमान बहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
गुम्बाडाडामा भएको वडा कमिटीको चौथो अधिवेशनले थापाको नेतृत्वमा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विश्वनाथ ढुंगाना, सचीव कृष्ण भुलुन, सहसचिवमा विक्रम पाण्डे र कुसुम थामीलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*