अस्ति रेकर्ड बनाएको सुनको भाउ आज यथावत्, चाँदीको भाउ बढ्यो
काठमाण्डौ – अस्ति रेकर्ड बनाएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार तोलामा सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।







