सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो

जनपत्र
७ बैशाख २०८१, शुक्रबार १४:५२

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यसअघि वर्ष २०८० को अन्तिम दिन सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ घटेकाे छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*