एसीसी प्रिमियर कप : यूएईसँगकाे सेमिफाइनलमा नेपालले टस हार्‍याे

जनपत्र
७ बैशाख २०८१, शुक्रबार ११:५२

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ राजेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे छ ।

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*