मुसाले टोकेमा रेबिज हुनसक्छ ?

जनपत्र
६ बैशाख २०८१, बिहीबार ०६:५९

रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको मनमा आउन सक्छ ।

मुसाले टोक्दा र्‍याट बाइट फिवर (आरबीएफ) हुनसक्छ । यो मुसाले टोकेपछि आउने एक प्रकारको ज्वरो हो । यो दुई फरक-फरक ब्याक्टेरियाका कारण हुन्छ ।

एक रिपोर्टअनुसार उत्तरी अमेरिकामा आरबीएफ निम्त्याउने स्ट्रेप्टोब्यासिलरी नामक ब्याक्टेरियाको संक्रमणका कारण हुन्छ भने एसियामा सामान्य स्पिरिलरी नामक ब्याक्टेरियाबाट आरबीएफ हुन्छ । संक्रमण भएमा ज्वरो आउने, मुसाले टोकेको ठाउँमा सुन्निने, रातो हुने, घाउ हुने, दुख्ने, काम्ने, ज्वरो आउने जस्ता लक्षण देखापर्छन् ।

संक्रामक मुसाको पिसाबको सम्पर्कमा आउँदा लेप्टोस्पाइरोसिसको जोखिम हुन्छ । साथै दूषित पानी पिउने, बाढीपहिरो धेरै जाने ठाउँमा बस्ने मानिसमा यस्तो संक्रमण जोखिम धेरै हुन्छ । यसको ब्याक्टेरिया छालाको घाउ, आँखाबाट शरीरमा प्रवेश गर्न सक्छ । यसले मस्तिष्क र मेरुदण्डलाई असर गर्छ र केही मानिसमा इन्सेफलाइटिस जस्ता समस्या निम्त्याउँछ । कतिपयलाई फोक्सोमा समेत असर पार्न सक्छ ।

मुसाले टोकेमा रेबिजको जोखिम हुन्छ ?

कतिपय अवस्थामा मुसाले टोकेको हो कि होइन भन्ने थाहा पाउन नै कठिन हुन्छ । दिउँसो टोके त थाहा पाइन्छ तर राति टोकेमा मुसाले नै टोकेको हो भन्ने पहिचान गर्न सकिंदैन । घरमा धेरै मुसा छन् भने त अलि बढी अनुमान लगाउन सकिन्छ तर सामान्य अवस्थामा ठ्याक्कै पहिचान गर्न सकिंदैन ।

मुसाले टोकेमा पनि रेबिज हुनसक्छ, त्यसैले रेबिजको सुई लगाउनुपर्छ भन्ने भ्रम पनि छ । तर नेपालको कानुनी निर्देशिकाअनुसार रेबिजको सुई दिइँदैन । बरु जुनसुकै जनावरले टोक्दा संक्रमण हुनसक्ने भएकाले त्यसको जोखिम न्यूनीकरण गर्न टिटानसको सुई दिइन्छ ।

मुसाले घरपालुवा जनावरलाई टोक्दा संक्रमण हुनसक्छ ?

मुसाले टोकेर घरपालुवा जनावरलाई संक्रमण भएको पुष्टि भएको छैन ।

मुसाले टोकेमा प्राथमिक उपचार

मुसाले टोकेको ठाउँमा तातोपानीले सफा गर्ने, सफा कपडाले पुछ्ने, सफा कपडाले बाँध्न सकिन्छ । त्यसपछि चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । समयमा उपचार नभएमा घाउ पाक्ने, पिप जम्ने, सुन्निने र निमोनिया हुने खतरा हुन्छ ।

बच्ने उपाय

सकेसम्म मुसालाई घरमा बास गर्न नदिने, घरमा मुसा भइहालेमा पनि औषिध वा पिंजडा हालेर समाउने गर्नुपर्छ । शरीरमा घाउ चोटपटक भएमा त्यसलाई सफा कपडाले ढाकेर राख्नुपर्छ । सकेसम्म फिल्टरको गरेको पानी पिउने गर्नुपर्छ ।

जोखिम

धानखेती गर्ने किसानलाई मुसाले टोक्ने जोखिम धेरै हुन्छ । यस्तै मुसा अत्याधिक भएको घरमा बस्नेलाई पनि यसको समस्या हुन्छ ।

स्रोत: अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*