मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना गम्भिर घाइते

जनपत्र
३ बैशाख २०८१, सोमबार ०९:५६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ मनहरी खोलामा जंगली जनावर गैंडाको आक्रमबाट एक जना गम्भिर घाइते भएका छन् ।

स्थानीय ३२ वर्षिय रमेश वोटे आफ्नै खेतमा पानी लगाउन गएको अबस्थामा जंगली जनावर गैंडाले आक्रमण गरी घाइते भएका हुन् ।

उनलाई उपचारको लागी मनहरी अस्पतालमा उपचार हुन नसकेपछी भरतपुर अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*