प्लास्टिकका भाँडाका कारण मकवानपुरमा लोप हुँदै माटोका भाँडा

जनपत्र
१५ चैत्र २०८०, बिहीबार ०६:४२

हेटौंडा । मकवानपुरमा बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । हेटौंडा बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।

प्लाष्टिकका भाडाँका कारण लामो समयदेखि माटोका भाँडा बनाउँदै आएकाहरुले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको बताएका छन् ।

‘पछिल्लो समय प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ । अहिले धेरै व्यापार घटेको र पेसा नै लोप हुन्छ की भन्ने चिन्ता भएको हेटौंडामा माटोको भाँडा बनाउँदै आउनु भएका स्याम प्रजापति बताउनुहुन्छ ।

माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बन्दै आएको छ ।

हाडीप्रति गोटा रू दुई सय, गमलाप्रति दर्जन रू नौ सय, गाग्री रू एक सय ५०, आरी रू दुई सय, खुत्रुक्के रू एक सय ५०, धुपौरे रू ६० मा हेटौंडामा बिक्री हुने गरेको छ । प्लास्टिकका भाँडा प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वातावरणसमेत प्रदूषित हुने भएकाले माटोका भाँडा प्रयोग गर्नुपर्ने स्वास्थकर्मीहरुको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*