यस्तो बन्दैछ नारायणी नदीमा ३०० जना चड्न मिल्ने पानी जहाज

जनपत्र
२५ भाद्र २०७६, बुधबार ०५:५५

चितवन :  नारायणी नदीमा पानी जहाज चढ्ने तपाईको इच्छा छिट्टै पुरा हुँदैछ । पानी जहाज बनाउने काम अन्तिम चरणमा पुगेको छ । जहाज बनाउन जिम्मा लिएको राइनो वाटर इन्टरनेशनल प्रालीले दशै सम्ममा पानी जहाज संचालनमा ल्याउने तयारी गरेको हो ।

नारायणी नदीमा संचालन गर्ने उद्देश्यले चार महिना अघि देखि भरतपुरको वडा न.ं १६ काभ्रेघाटमा जहाजको निर्माण काम चलिरहेको छ । तीनसय जना अटाउन सक्ने क्षमता भएको सानो आकारको जहाज झण्डै १५ करोड रुपैयाँ खर्च गरेर निर्माण हुँदैछ ।

जहाजको पहिलो चरणको काम सकिएको छ । पानी बाहिरको काम सबै सकिएको निर्माण कम्पनीका व्यवस्थापकिय निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोश्रो चरण अन्तर्गत जहाजलाई १५ फिट गहिरो पानीमा लगेर निर्माण गर्ने काम पनि आजै देखि सुरु भएको छ । भारतवाट आएका प्राविधिक र नेपालीहरु गरी ५० जना जनशक्ति जहाज निर्माणमा जुटेको छ । बुटवलबाट ल्याइएको दुईवटा क्रेनको सहायताले आज दिनभर लगाएर जहाजलाई १५ फिट गहिरो पानीमा लगिएको छ ।

तस्बिर–उज्वल चौलागाई ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*