नवाज शरिफकी छोरी बनिन् पञ्जाबको मुख्यमन्त्री

जनपत्र
१५ फाल्गुन २०८०, मंगलवार ०६:४७

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षीया मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । योसँगै उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तको मुख्यमन्त्री बनेकी छिन् ।

उनको पार्टी पाकिस्तान मुस्लिम लिग (एन)ले पञ्जाब विधानसभामा सबैभन्दा बढी सिट पाएको थियो । सदनमा अन्य दलको सदस्य सबैभन्दा बढी थिए । त्यसैले सोमबार विधानसभामा मुख्यमन्त्री पदका लागि भएको चुनावमा मरियम नवाजले कुनै खालको अवरोधको सामना गर्नु परेन । मरियम पाकिस्तान मुस्लिम लिग–नवाज (एन)की वरिष्ठ उपाध्यक्ष हुन् ।

मरियमले पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई पराजित गर्दै मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्रीका लागि मतदान गर्न पञ्जाब विधानसभामा जानुअघि मरियमले आफ्नी आमाको चिहानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । ‘हाम्रो देशको इतिहासमा पहिलो पटक पञ्जाबको मुख्यमन्त्री बन्ने छिन् । मरियम शरीफ पञ्जाबको मुख्यमन्त्रीको शपथ लिने पहिलो महिला हुनेछिन् ।’ निर्वाचन अघि पीएमएल (एन) ले ट्वीटरमा लेखेको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*