मुख्यमन्त्री पौडेल र जर्मन राजदुतबीच हेटौंडामा भेटवार्ता

प्रदेशसङ्ग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो ।
जनपत्र
१९ भाद्र २०७६, बिहीबार १६:५४

हेटौंडा / ३ नम्बर प्रदेशका मुख्यमन्त्री र जर्मनीका राजदुत सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरबिच बिहिबार हेटौंडामा भेटवार्ता भएको छ । भेटमा जर्मनी सरकार र ३ नम्बर प्रदेशबीच प्राविधिक शिक्षाको बिषयमा विशेष छलफल भएको थियो । प्रदेशसङ्ग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो ।

अहिलेको युग भनेको प्राविधिक शिक्षाको रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको उहाँले जानकारी दिनुभयो । यसको लागि जर्मनीसङ्ग थप छलफल प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई बिस्तार गरीरहेको बताउनुभयो । प्रदेशसङ्ग प्राथमिकता अनुसार पनि सहकार्य गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा समेत राजदुत शेफरले राख्नुभयो । उहाँले नेपालको बिकास लागि जर्मनी हातेमालो गरेर अगाडि जाने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*