सबैभन्दा लामो अंग्रेजी शब्द, जसलाई पढ्न साढे ३ घण्टा लाग्छ

आम रुपमा मानिसहरुलाई युरोपको कुनैबेलाको मुलुक (हाल टुक्रिसकेको) चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजी शव्द उच्चारणसमेत गाह्रो हुन्छ । तर जब कुनै एउटा अंग्रेजी शव्द उच्चारण गर्नका लागि साढे ३ घण्टा लाग्यो भने के होला ? हो, यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द छ जसलाई पढेर सिध्याउन साढे ३ घण्टा लागछ।
यो शब्द मानिसको शरीरमा पाइने टिटिन नामको एक प्रोटिनको रासायनिक नाम हो । वैज्ञानिकहरुका अनुसार मानिसको शरीरमा २० लाख भन्दा धेरै प्रोटिन हुन्छन्, जो एमिनो एसिडबाट बन्दछन् । ती सबैमा टिटिन नै सबैभन्दा लामो प्रोटिन हो जसमा २६ हजार भन्दा धेरै एमिनो एसिड हुन्छन् ।
सुरुमा टिटिनको रासायनिक नामलाई अंग्रेजी शब्दकोषमा राखियो । तर जब यो नामले नै समस्या सिर्जना गर्यो, तब त्यसलाई शब्दकोषबाट हटाइयो र टिटन भन्ने शब्द मात्र राखियो ।
टिटिन प्रोटिन सनु १९५४ मा रेजी नटोरीले पत्ता लगाएका थिए । सन् १९७७ मा कोस्सक मरुमायालगायतले यसमा थप अनुसन्धान गरे र त्यसको नाम कोन्नेक्टिन राखे । त्यसको दुई वर्षपछि कुआन वांग लगायतले यो प्रोटिनको नाम टिटिन राखे ।
एजेन्सीको सहयोगमा