‘दिमाग खराब’ गीत : पीडाबीच मुस्कुराएका खगेन्द्र र स्वस्तिमा

जनपत्र
१० कार्तिक २०८०, शुक्रबार ०७:२८

‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ‘हितैको माया’ बोलको गीत सार्वजनिक गरिएको छ । मार्मिक भावको प्रेमिल गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत रहेको छ भने सुगम पोखरेल र इन्दकला राईको स्वर छ । खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र रमा थपलिया फिचर्ड गीतले उनीहरुको पीडा र परिस्थिति बोल्छ । गीतका शब्दहरु मनछुने छन् ।

निश्चलले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् । ‘लुट’पछि उनका फिल्मप्रति दर्शकहरुमा ठूलो अपेक्षा रहने गरेको छ । र, ‘दिमाग खराब’प्रति पनि छ । यसैले फिल्मले घरेलू बक्स अफिसमा सुखद् ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पोस्टर, टिजर, गीत र ट्रेलरले बलियो दृश्यभाषाको संकेत गरेको छ । तिहारको छेको पारेर कात्तिक २४ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा दयाहाङ राई, अपर्ण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट आदिको पनि अभिनय छ । फिल्ममा निर्देशक बस्नेतको समेत विशेष भूमिका छ । ‘झम्के झमा झम’ गीतमा अभिनेत्री सुपुष्पा भट्टले पनि नृत्य गरेकी छन् ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा आकाश बरालको लेखन छ भने स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् । एमएसएम इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे सुब्बा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*