दृष्टिबिहीन मेनुका जसको प्रस्तुतीले रोए जजहरू

जनपत्र
२२ आश्विन २०८०, सोमबार ११:१७

इन्डियन आइडल सिजन–१४को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले यतिबेला निकै तारिफ बटुलिरहेको छ।

मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजनबाट जजहरूको मन मात्र जितिनन्, उनीहरूलाई पटक–पटक रुवाइन् पनि।

मेनुकाले उक्त प्रस्तुतिबाट गोल्डेन माइक पनि जितेकी छन्। जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले स्टान‍्डिङ अवेसन समेत दिएका थिए।

साथै मेनुकाले जज श्रेयासँग उनकै गीतसमेत गाएकी थिइन्।

मेनुका दृष्टिबिहीन हुन्। २५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११बाट बाहिरिएकी थिइन्।

अहिले मेनुकाको उक्त प्रस्तुतिको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*