यो हो दुनियाँकै ठूलो भ्यागुता

एउटा भ्यागुता कतिसम्म ठूलो होला ? अफ्रिकामा दुनियाँकै सबैभन्दा ठूलो भ्यागुता छ, जसको तौल ३ किलोभन्दा ठूलो छ । गोलियथ प्रजातिको उक्त भ्यागुताका बारेमा बर्लिनस्थित नेचुरल हिस्ट्री म्युजियमले गरेको अनुसन्धानले केही अनौठा तथ्यको खुलासा गरेको छ ।
यो भ्यागुता भीमकाय त हुन्छ नै, आफ्नो सन्तानको हेरचाह पनि निकै विशेष तरिकाले गर्दछ । यो भ्यागुता जुन कुवामा बस्दछ त्यसमा जन्माएका बच्चाको सुरक्षाका लागि पानीमा फिँज निकालेर राख्दछ ताकि उक्त फिँजमा अन्य जनावरहरु नआउन् ।
गोलियथ प्रजातिको यो भ्यागुता अफ्रिकी देश क्यामरुन तथा इक्विटेरियल गिनीलगायतका देशमा पाइन्छ । साथै दक्षिण अफ्रिकाको एम्पुला नदीको किनारामा पनि यो प्रजातिको भ्यागुता पाइन्छ । शोधकर्ताहरुले यो भ्यागुताका अण्डा रहेका विभिन्न २२ ठाउँ पत्ता लगाएका छन् । कतिपय ठाउँमा करिब २८ सय अण्डा पाइएका छन् ।
एजेन्सीको सहयोगमा