उपनिर्वाचनमा लाग्यो राप्रपा, निर्वाचन परिचालन समिति गठन

जनपत्र
५ भाद्र २०७६, बिहीबार ०६:१९

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संसद, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको तयारी थालेको छ। उपनिर्वाचनमा पार्टीलाई व्यवस्थित ढंगबाट लैजानका लागि राप्रपाले बुधबार प्रवक्ता निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।
राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठका अनुसार ‘विभिन्न कारणले रिक्त संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनको तिथि निर्वाचन आयोगले निर्धारण गरिसकेको सन्दर्भमा राप्रपाले निर्वाचनको आवश्यक तयारी गर्न एवं निर्वाचनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट परिचालन गर्न पार्टीका प्रवक्ता निलकण्ठ काफ्लेलाइ संयोजक तोकेको छ।‘ निर्वाचन परिचालन समितिमा प्रत्येक प्रदेशबाट एकएक जना सदस्य रहने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*