पूर्वराजा र विप्लवलाई दलहरूको चेतावनी : व्यवस्थाविरूद्ध लागे खैरियत छैन

जनपत्र
४ भाद्र २०७६, बुधबार ०५:५६

केही समययता प्रधानमन्त्री केपी शर्मा ओली, सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक मन्तव्यमा गणतन्त्रमाथि प्रहार गर्ने तत्वहरू सल्बलाइरहेको बताइरहेका थिए।  दुई  नेतासँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपाका शीर्ष तहकै नेता र कतिपय मन्त्रीले पनि औपचारिक-अनौपचारिक कुराकानीका क्रममा संसदीय प्रणाली र गणतान्त्रिक व्यवस्थामाथि खतरा सिर्जना गर्न खोजिएको बताउने गरेका छन्। जनआन्दोलन र ‘जनयुद्ध’बाट प्राप्त उपलब्धि लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न आवरणमा ‘प्रतिक्रियावादी गतिविधि भइरहेको’ भन्दै नेकपाका नेताहरू चिन्तित देखिन्थे। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहका क्रियाकलाप र धर्म निरपेक्षताविरुद्धमा हिन्दु धर्मावलम्बीलाई उत्तेजित पार्ने गतिविधिलाई लिएर उनीहरूको चिन्ताको पारो बढिरहेको थियो।  संविधानमा धर्म निरपेक्षता लेख्नमा मुख्य भूमिका खेलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि हिन्दु धर्मको एजेन्डामा कतै  लाग्ने हो कि! भन्ने पीर सत्तारुढ दलका नेताहरूका ती अभिव्यक्तिमा भेटिन्थ्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*