एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

जनपत्र
१३ भाद्र २०८०, बुधबार १४:४४

काठमाण्डाै – एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिनुभएको हो । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आजदेखि शुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको खेल सवा ३ बजे सुरु हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*