नेकपाको तेस्रो वरियतामा झलनाथ खनाल, जनवर्गीय संगठनका इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लाग्याे

नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरुको वरियता टुंगो लागेको छ । नेकपा सचिवालयको आइतबार साँझ बसेको बैठकले दुई अध्यक्षपछिको दोश्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाल रहनुहुने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई खनालपछिको तेश्रो वरियतामा राख्ने निर्णय गरेको छ । पछिल्लो समय नेकपाको वरियतामा झलनाथ खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आउनु भएको थियो ।
याे निर्णयपछि नेता नेपालकाे तेस्राे वरियता खाेसिएकाे छ । नेता नेपालले वरियताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव पनि राख्नुभयाे। वरियता खाेसिएपछि यस विषयमा पार्टीको विधानमा अनावश्यक रुपमा चलखेल गरेकाे भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गर्नुभयाे।
सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेताहरुको वरियतासँगै साँगठनिक एकताका बाँकी विशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।