विप्लव समूह छाडेर नेकपामा प्रवेश

जनपत्र
२ भाद्र २०७६, सोमबार ०६:२६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका एक नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। तीन महिनाअघि विप्लव नेतृत्वको नेकपा परित्याग गरेका लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी पूर्ण खनाल नेकपामा प्रवेश गरेका हुन्।

नेकपा लमही नगरपालिका वडा नम्बर २ को आयोजनामा भएको वडा भेलामा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले खलानलाई पार्टी प्रवेश गराए। यस्तै कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि रेवतीप्रसाद चौधरी र टोलीराम चौधरी पनि नेकपामा प्रवेश गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*