एक महिनाको मोबाइल फोनको बिल २ करोड ६५ लाख रुपैयाँ आएपछि…
कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन ।
सेलिना नामक ती महिलाको हालै एक महिनाको फोनको बिल २ लाख १ हजार अमेरिकी डलर अर्थात् झण्डै २ करोड ६५ लाख रुपैयाँको थियो । सेलिना र उनका दुईजना अपाङ्ग भाइहरुले प्रयोग गर्ने गरेका तीनवटा मोबाइल फोनको बिल बिल यतिधेरै उठ्दा उनले विश्वास नै गर्न सकिनन् ।
उनका दुईजना भाइहरुले फोनमा डाटा तथा मेसेजको खपत पर्याप्त गर्दथे । तर, यति हुँदाहुँदै पनि औषत रुपमा उनको मासिक फोनको बिल बढीमा डेढ सय डलर सम्म आउँथ्यो । त्यसैले एक्कासी २ लाख डलरभन्दा धेरैको बिल आउँदा उनले कम्पनीले भुलबस त्यस्तो बिल पठाएको भन्ने ठानिन् ।
फोनको बिल अविश्वसनीय आएसँगै उनले त्यसलाई सच्याउनका लागि आफ्नो मोबाइल फोन सेवा प्रदायक कम्पनी टी मोबाइलसँग सम्पर्क गरिन् । तर, कम्पनीले उक्त बिल सही रहेको जवाफ दियो ।
उनले आफूले २ लाख १ हजार डलरको बिल प्राप्त गरेको बताउँदा बताउँदै पनि कम्पनीले त्यसपछि उनको गुनासोलाई नजरअन्दाज गर्यो ।
त्यसपछि उनी स्थानीय मिडियाहरुको सहारा लिन पुगिन् । उक्त विषयमा मियामीको टेलिभिजन स्टेशन डब्लूएसभिएन टिभीले जोडदार रुपमा फलोअप गरिरह्यो । जसका कारण टी मोबाइल कम्पनी सेलिनाको बिल रकमलाई २ हजार ५ सय डलरमा झार्न तथा रकम भुक्तानीका लागि ६ महिनाको समय प्रदान गर्न राजी भयो । तर प्रश्न उठिरहेको थियो कि आखिर त्यो बिल सही थियो भने कसरी त्यतिधेरै रकम उठ्यो रु
वास्तवमा सेलिनाका दुईजना भाइहरु एक हप्ताका लागि क्यानडा गएको बेला अन्तराष्ट्रिय रोमिंग शुल्कका कारण उनीहरुले प्रयोग गरेको कल, डाटा तथा टेक्स्टका लागि यतिधेरै बिल उठेको रहेछ ।
वास्तवमा मोबाइल सेवा प्रदायक कम्पनीको सेवा खरिद गर्दा सेलिनाले विदेशमा फोन उपयोग गर्दा लाग्ने शुल्कका बारेका नियमहरु राम्रोसँग पढेकी थिइनन्।
समाचार अनुसार सेलिनाका भाइहरुले एक हप्ता क्यानडामा रहँदा २ हजारभन्दा धेरै पटक अनलाइनमा मेसेज तथा डाउनलोड गरिएका भिडियोहरु पठाउने काम गरेका थिए । त्यसका लागि डाटा शुल्क मात्रै करिव २० हजार डलर लागेको थियो ।
त्यस्तै फोनकल, टेक्स्ट मेसेज, इन्टरनेट ब्राउजिंग र भिडियो डाउनलोडलगायतको शुल्कका कारण फोनको बिल २ लाख डलर नाघेको थियो । एजेन्सीको सहयोगमा






