प्रचण्डलाई बाबुरामको जवाफ : जस्तो बीउ रोप्नुभयो, त्यही फल्दैछ

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०६:५०

संघीयताबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा रोपेको अर्कै फल्न लागेको भन्दै दिएको अभिव्यक्तिप्रति नेताहरुले बहस सुरु गरेका छन् ।

अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पञ्चायती विकास मोडेलको ७ प्रदेशको बीउ रोपेकाले अहिले त्यही फलेको भन्दै प्रतिक्रिया दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ । राज्य पुनर्संरचना समितिले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको थियो तर तपाईँले एमाले र कांग्रेससँग सत्ता बाँडचुड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोप्नुभो, ऐले त्यही फल्दै छ ! कसो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*