भारतमा गाेलभेँडा किलाेकाे २ सय भारुसम्म पुग्याे, केन्द्र सरकार आफैँले किनेर उपभोक्तालाई ३० प्रतिशत सस्तोमा बेच्ने

जनपत्र
२८ असार २०८०, बिहीबार १६:४३

भारतमा गोलभेँडा (टमाटर) को मूल्य बढ्दै गएपछि केन्द्र सरकारले भोलि शुक्रवारदेखि खुद्रा बजारमा सहुलियत दरमा बिक्री गर्ने भएको छ ।

देशका कतिपय ठाउँमा टमाटरको मूल्य प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ । भारतको उपभोक्ता मामिला मन्त्रालयले दिल्ली–एनसीआर, उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा सहुलियत दरमा टमाटर बिक्री गरिने जनाएको छ ।

उपभोक्ता मामिला सचिव रोहित कुमारले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार सरकारले सम्बन्धित क्षेत्रमा टमाटरको अहिलेको मूल्यभन्दा ३० प्रतिशत कम मूल्यमा नागरिकलाई दिनेछ । यसका लागि केन्द्रले उत्पादक राज्य कर्नाटक, महाराष्ट्र र आन्ध्र प्रदेशबाट टमाटर खरिद गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि प्याजको मूल्य आकाशिँदा पनि आफैँ खरिद गरेर उपभोक्तालाई सस्तोमा दिएको थियो । टमाटर चाँडै कुहिने भएकाले यो काम चुनौतीपूर्ण भने रहेको सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*