उत्तर कोरियाले हानेको क्षेप्यास्त्र ह्वासङ–१८ जसले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्छ (भिडियो)

जनपत्र
२८ असार २०८०, बिहीबार १६:३४

उत्तर कोरियाले अमेरिकी विमानलाई आक्रमण गरेर ध्वस्त पारिदिने चेतावनी दिएको केही समयमै शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

सोमबार मात्र प्योङयाङले अमेरिकी जासुसी विमान उत्तर कोरियाली हवाई क्षेत्रमा घुसेको बताउँदै त्यस्ता विमान आक्रमण गरेर खसाइदिने धम्की दिएको थियो । बुधबार बिहानै उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र जापाननजिकैको समुद्रमा परीक्षण गरेको जापान र दक्षिण कोरियाले पुष्टि गरेका थिए ।

केआरटीले बुधबार परीक्षण गरेको ह्वासङ–१८ क्षेप्यास्त्र परमाणु क्षमताको हतियार भएको जनाएको छ । अमेरिकालाई चेतावनी दिन यो क्षेप्यास्त्र परीक्षण गरेको पनि बताइएको छ । जापानका अनुसार बुधबार हानिएको क्षेप्यास्त्र ७२ मिनेटसम्म हावामा उड्दै हजार किलोमिटरको दूरी तय गर्दै समुद्रमा खसेको थियो ।

उत्तर कोरियाले बुधबार हानेको ह्वासाङ क्षेप्यास्त्रले अमेरिकासम्म पुगेर मार हान्न सक्ने सर्वोच्च नेता किम जोङ उनको दाबी छ । यो क्षेप्यास्त्र १५ हजार किलोमिटर टाढासम्म पुग्न सक्छ । उत्तर कोरिया र अमेरिकाको हवाई दूरी १० हजार ३३७ किलोमिटर हो, जसका कारण यो क्षेप्यास्त्रले अमेरिकामा पुगेर आक्रमण गर्न सक्ने बताइएको हो ।

उत्तर कोरियाले हिजो बुधबार परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र ह्वासङ– १८ मिसाइल भएको पाइएको छ । उत्तर कोरियाली सरकारी टेलिभिजन केआरटीले बिहीबार एक भिडियो सार्वजनिक गर्दै ह्वासङ– १८ क्षेप्यास्त्र प्रक्षेपण गरेको देखाएको छ ।

उत्तर कोरियाले अमेरिकी विमानलाई आक्रमण गरेर ध्वस्त पारिदिने चेतावनी दिएको केही समयमै शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

सोमबार मात्र प्योङयाङले अमेरिकी जासुसी विमान उत्तर कोरियाली हवाई क्षेत्रमा घुसेको बताउँदै त्यस्ता विमान आक्रमण गरेर खसाइदिने धम्की दिएको थियो । बुधबार बिहानै उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र जापाननजिकैको समुद्रमा परीक्षण गरेको जापान र दक्षिण कोरियाले पुष्टि गरेका थिए ।

केआरटीले बुधबार परीक्षण गरेको ह्वासङ–१८ क्षेप्यास्त्र परमाणु क्षमताको हतियार भएको जनाएको छ । अमेरिकालाई चेतावनी दिन यो क्षेप्यास्त्र परीक्षण गरेको पनि बताइएको छ । जापानका अनुसार बुधबार हानिएको क्षेप्यास्त्र ७२ मिनेटसम्म हावामा उड्दै हजार किलोमिटरको दूरी तय गर्दै समुद्रमा खसेको थियो ।

उत्तर कोरियाले बुधबार हानेको ह्वासाङ क्षेप्यास्त्रले अमेरिकासम्म पुगेर मार हान्न सक्ने सर्वोच्च नेता किम जोङ उनको दाबी छ । यो क्षेप्यास्त्र १५ हजार किलोमिटर टाढासम्म पुग्न सक्छ । उत्तर कोरिया र अमेरिकाको हवाई दूरी १० हजार ३३७ किलोमिटर हो, जसका कारण यो क्षेप्यास्त्रले अमेरिकामा पुगेर आक्रमण गर्न सक्ने बताइएको हो ।

यो हतियार पहिलोपटक यसै वर्षको अप्रिलमा सफल रूपमा परीक्षण भएको थियो । यसको वजन ५५ देखि ६० टन हुन्छ भने यसको लम्बाइ २५ मिटर हुन्छ । दुई मिटरको चौडाइ भएको यो क्षेप्यास्त्रले १५ सय केजीको विस्फोटक पदार्थ बोक्न सक्छ । यसमा तीन तहको ठोस इन्धन प्रयोग हुन्छ, जसका कारण यो टाढासम्म पुग्न सक्छ ।

यसैबीच, बुधबार क्षेप्यास्त्र परीक्षणस्थलमा सहभागी भएका सर्वोच्च नेता किम जोङ उनले फोल्डेबल फोन बोक्ने गरेको देखिएको छ । केआरटीले सार्वजनिक गरेको तस्वीरमा किमले फोल्ड गर्न सकिने फोन बोकेको देखिएको हो ।

उनले कुन ब्राण्डको फोन बोकेको भनेर भने खुलाइएको छैन तर यो चीनमा उत्पादित सामसुङ ग्यालेक्सी फोन भएको बताइएको छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो तर उक्त कम्पनीको फोन चीनमा पनि उत्पादन हुन्छ । फोटोमा किमको अगाडि सलाई पनि देख्न सकिन्छ । उनले कैयौँपटक चुरोट सेवन गरेको फोटो र भिडियो पनि सार्वजनिक भइसकेका छन् । रोयटर्सको सहयोगमा(भिडियो)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*