९ महिनामा २०४ सैनिकमाथि कारबाही, दुई जर्नेलमाथि छानविन

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०५:१९

सैनिक आचरण र मर्यादा विपरीत काम गर्ने अधिकृतविरुद्ध जंगी अड्डाले कठोर नीति लिएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको सैनिक प्रहरी गणले आचरण विपरीत काम गर्ने सैनिक अधिकृतमाथि अनुसन्धानलाई तीव्र बनाएको हो ।

सैनिक अदालतले सचेत गराउनेदेखि बर्खास्तसम्मको सजाय सुनाइसकेको छ । सैनिक स्रोतका अनुसार २४ भदौ २०७५ यता ९ महिनामा २०४ जना सैनिक कारबाहीमा परेका छन् ।

सैनिक प्रहरीको तथ्यांकअनुसार, ४ जना अधिकृत भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी बर्खास्तीमा परेका छन् भने अन्य दर्जाका १ सय ६५ जना बर्खास्त भएका छन् । यो अवधिमा एक अधिकृतसहित अन्य दर्जाका २८ जनालाई घटुवा गरिएको स्रोतले बतायो ।

सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी अन्य दर्जाका ६ जना कर्मचारी कारबाहीमा परेका छन् । स्रोतका अनुसार अनियमिततामा मुछिएकादेखि लागूपदार्थ सेवन, वैदेशिक रोजगारीसम्बन्धी घटना, बुहविवाह, साइबर अपराध, आर्थिक लेनदेनलगायतका कसूरमा सैनिक अधिकृतमाथि अनुसन्धान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*