बसका चालक र सहचालकसँग अमर्यादित बोले ५ हजार जरिवाना

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०५:१४

सार्वजनिक यातायातमा अमर्यादित व्यवहार र बोली प्रयोग गरे ५ हजार जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय सभामा प्रस्तुत गरेको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेकमा यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रिय सभामा छलपलका क्रममा रहेको यो विधेयक पारित भएमा सावृजनिक यातायातमा अर्मयादित व्यवहार गर्ने र भाषा प्रयोग गर्नेमाथी जरिवाना गराउन बाटो खुल्ने छ ।

“सार्वजनिक यातायातभित्र सहचालक,चालक तथा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने । ज्येष्ठ नागरिक, अपाङ्गता, भएका व्यक्ति, बालबालिका, यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने”,माथी एक हजारदेखि पाँच हजार सम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । तर, यस्तो जरिवाना गर्न कम्तीमा सहायक निरिक्षक दर्जाको ट्राफिक प्रहरी हुनुपर्नेछ । त्यस्तै, विधेयकमा सार्वजनिक यातायातमा क्षती पु¥याउने, फोहोर गर्ने वा फोहोर फाल्नेमाथि पनि कारवाही गर्ने व्यवस्था छ । सार्वजनिक यातायातमा तोकेको भाडा नतिरिी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गर्नेमाथी पनि पाँचहजारसम्म जरिवाना गर्न सक्ने गरि विधेयकमा प्रस्ताव गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*