फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन : एकै रातमा ६ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

जनपत्र
१६ असार २०८०, शनिबार ०८:०६

फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ ।

हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ । प्रदर्शनका क्रममा २ सय ४० जना प्रहरी घाइते भएका छन् । अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका गृहमन्त्री जेरार्ड डार्मानिनले बताउनुभएको छ । हिंसाको तेस्रो दिन एकै रातमा ६ सय ६७ जना पक्राउ परेका गृहमन्त्री डार्मानिनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

नाहेल एमलाई मंगलबार बिहान पेरिस उपनगरमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए । उनको ज्यान गएपछि हिंसा भड्कीएको हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*