‘बीउ एटीएम’ सञ्चालनमा, तरकारी र फलफूलकाे उन्नत बीउ पाइने

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:३४

ललितपुर महानगरपालिकाले ‘बीउ एटीएम’ सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटीएम मार्फत् उपलब्ध गराउने गरी ‘बीउ एटीएम’ सञ्चालनमा ल्याएको हो ।

आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘बीउ एटीएम’ को उद्घाटन गर्नु भएको हो । उहाँले शहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत बीउविजन वितरणका लागि बीउ एटीएमको व्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।

‘बीउ एटीएम’ मा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाइने ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटिएममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था एटीएममा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*