‘असफल विद्राेह’बारे येवगेनीले जारी गरे अडियाे सन्देश, पुटिनबारे के भने ?

जनपत्र
१२ असार २०८०, मंगलवार ०७:१८

रुसको भाडाका लडाकु समूह वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनले मस्कोसम्मको मार्च घोषणा गर्दा आफूले रुसी राष्ट्रपति पुटिनलाई निशानामा नपारेको बताएका छन् । वाग्नर समूहको विद्रोह समाप्त भएपछि उनको बयान पहिलो पटक आएको हो ।

११ मिनेटको अडियो सन्देश जारी गर्दै उनले मार्चको उद्देश्य वाग्नरलाई बर्बाद हुनबाट बचाउनु र गैरजिम्मेवारपूर्ण कदमहरूले निम्त्याइएका गल्तीहरूको जवाफदेहिता निर्धारण गर्नु रहेको स्पष्ट पारेका छन् ।

‘रुसी सेनालाई निशाना बनाउनुपर्‍यो भनेर अघि बढे पनि बिचैमा फर्केियौँ किनभने हामीले रक्तपात चाहेनौँ’, उनले भने, ‘हामीले सरकार ढाल्न होइन, आन्दोलनका लागि मार्च गरेका हौँ । ‘ एकाएक विद्रोह रोक्ने सम्झौताका सर्तहरूको बारेमा उनले भने, हामी वाग्नर समूह बन्द गर्ने र यसलाई रक्षा मन्त्रालयमा समावेश गर्ने निर्णयको स्पष्ट रूपमा विरोध गर्दछौँ ।’

उनले आफ्ना करिब ३० जना सैनिक रुसी आक्रमणमा मारिएका दाबी गरेका छन् । तर यो दाबीको पुष्टि नभएको बीबीसीले जनाएको छ । प्रिगोजिनले बेलारुस नेता अलेक्ज्याण्डर लुकाशेन्कोले आफूसँगको सम्झौतामा प्रमुख भूमिका खेलेको जानकारी दिएका छन् ।

 

पभथकतयलभनयिदबलिभतधयचपज्भचय ल्भध थभबच यााभच
उनका अनुसार, लुकाशेन्कोले वाग्नरलाई कानुनी रूपमा आफ्नो काम जारी राख्नका लागि उपायहरू खोज्ने प्रस्ताव गरेका थिए । उनले यस सम्बन्धमा धेरै जानकारी दिएनन् । प्रिगोजिनले अडियो सन्देशमा उनी कहाँ छन् भन्ने बताएनन् । यसअघि उनी बेलारुसमा शरण लिन सहमत भएको बताइएको थियो ।

हालै प्रिगोजिनले रुसी सेनाविरुद्ध विद्रोहको घोषणा गरेका थिए । उनको घोषणाबाट तर्सेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई पिठ्युँमा चक्कु प्रहारको संज्ञा दिँदै धोका दिनेहरूलाई सफाया गर्ने चेतावनी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*