जेलबाट भाग्न महिलाको भेष ! पुलिसले पक्रिएपछि खुल्यो पोल

जनपत्र
२६ श्रावण २०७६, आईतवार ०६:४८

ब्राजिलमा एउटा अनौठो घटना भएको छ । त्यहाँका एकजना चर्चित गुण्डाले जेलबाट भाग्नका लागि अनौठो तरिका अपनाएका छन् । जेलबाट भाग्नका लागि न त उनले जेलको ढोका नै फोडे, न त सुरुङ नै खने । उनले आफ्नो भेष बदलेर महिला बने र सरासर जेलबाट बाहिर निस्किए ।

Clauvino da Silva नामका यी व्यक्ति रियो दी जेनेरियोको एउटा जेलमा कैद भुक्तान गरिरहेका थिए । महिलाको भेष धारण गरेर जेलबाट भागेका ती गुण्डालाई प्रहरीले पुनः पक्रिन सफल भएको छ ।

उनले जेलबाट भाग्ने क्रममा आफ्नो अनुहारमा सिलिकन मास्क पहिरिएर आफ्नी छोरीको जस्तो अनुहार बनाएका थिए । साथै उनले महिलाको जस्तै लामो नक्कली कपाल पनि लगाएका थिए । उनले गुलाबी रङको टिसर्ट, टाइट जिन्स, सेतो रङका चप्पल, कोट तथा चश्मा लगाएर जेलका सुरक्षाकर्मीलाई झुक्याउँदै भाग्न सफल भएका थिए ।

आफूलाई भेट्नका लागि छोरी जेलमा आएको अवसर पारेर उनले छोरीलाई जेल परिसरभित्रै छाडेर भाग्ने प्रयास गरेका थिए । तर जब उनी जेल परिसरबाट बाहिर निस्किए तब एउटा गल्ती गरे । उनी महिलाको जिउडाल अनुसारको हिडाइँ हिड्नुपर्नेमा पुरुषजस्तै गरी हिँडेपछि पुलिसले शंका गर्यो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर शोधपुछ गर्दा उनी जेलबाट भागेको खुलासा भएको हो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*