चेल्सीका मिडफिल्डर काई आर्सनल जाने
लन्डन क्लब आर्सनलले अर्को लन्डन क्लब चेल्सीका जर्मन मिडफिल्डर काई हाभर्टजलाई अनुबन्ध गर्ने पक्का भएको छ। आर्सनलले जर्मन मिडफिल्डर काईलाई ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।
सम्झौताको विषयमा दुई क्लब र काईबीच सहमति भइसकेको र केही दिनमा नै मेडिकलसँगै आर्सनलमा सार्वजनिक गरेका तयारी भइरहेको छ ।गत सिजन चेल्सीका लागि ४७ खेलमा ९ गोल गरेका उनको एड अन शुल्क बढ्ने सम्भावना छ । २४ वर्षीय हाभर्ट्ज सन् २०२० मा जर्मन क्लब बायर लेभरकुसेनबाट ७१ मिलियन पाउण्डमा चेल्सीमा आएका थिए ।
काईले चेल्सीमा तीन सिजन बिताउँदा १३९ खेलमा ३२ गोल गरेका छन् । उनले २०२१ च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध चेल्सीका लागि विजयी गोल पनि गरेका थिए । आर्सनल यो सिजन च्याम्पियन्स लिगमा छनोट भएसँगै प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीलाई बलियो बनाइरहँदा हाभर्ट्ज आर्सनल जान तयार भएको हो ।
आर्सनलले वेस्ट ह्यामका इंग्लिस मिडफिल्डर डेक्लान राइसलाई पनि पछ्याइरहेको छ, तर २४ वर्षीय राइसले ९० मिलियन पाउण्डलाई पनि अस्वीकार गरेको छ । यसैबीच, चेल्सीले आफ्नो टोलीको आकार घटाउने प्रयास गरिरहेको छ ।
क्रोएसियाका २९ वर्षीय मिडफिल्डर माटियो कोभासिस अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा ३० मिलियन पाउन्डमा सम्झौता हुने पक्का भइसकेको छ ।चेल्सीकै अर्का ३२ वर्षीय फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टे साउदी अरेबियाको च्याम्पियन अल इतिहादमा जाने पक्का भइसकेको छ ।







