साफ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात: सुनिल क्षेत्रीले ह्याट्रिक गर्दा पाकिस्तान पराजित

जनपत्र
७ असार २०८०, बिहीबार ०७:१२

भारतमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। बेङ्ग्लोरस्थित कान्तिरवा स्टेडियममा सम्पन्न आजको समूह ‘ए’को दोस्रो खेलमा भारतले पाकिस्तानमाथि ४-० को फराकिलो जित निकालेको हो।

भारतको जितमा कप्तान सुनिल क्षेत्रिले ह्याट्रिक पुरा गरे। खेलको १० औँ मिनेटमा पाकिस्तानी गोलकिपरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए। दोस्रो गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै १६ औँ मिनेटमा गरे। पहिलो हाफको इन्ज्युरी समयमा थ्रो गर्न लागेको बल खोस्न पुगेका भारतका प्रशिक्षक इगोर इस्टिमाच रेडकार्ड खाँदै बाहिरिए। केहीवेर तनावको अवस्था बने पनि खेलका मुख्य रेफ्री प्रज्वल क्षेत्रीले केही बेरमै खेल सुरु गरे।

दोस्रो हाफमा क्षेत्रीले ह्याट्रिक पुरा गरे। उनले खेलको ७६ औँ मिनेटमा पेनाल्टीमै पाएको अवसरमा गोल गरे। त्यस्तै भारतका लागि चौथो गोल उदन्त सिंह कुममले ८१ औँ मिनेटमा गरे। जितसँगै समूह ‘ए’ मा कुवेत र भारतले खाता खोलेका छन्। यी दुबै टोलीले समान तीन अंक जोड्दा आफ्ना पहिला खेलमा पराजय ब्यहोरेको नेपाल र पाकिस्तान तेस्रो र चौथो स्थानमा छन्। नेपालले उद्घाटन खेलमा कुवेतसँग ३-१ गोलको पराजय ब्यहोरेको थियो।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*