बँदेल र बाँदर आतंकले स्थानीय चिन्तित

बलेफी गाउँपालिका ६ मांखाका स्थानीय बँदेल आतंकले चिन्तित भएका छन्। बँदेलले लगाएको अन्नबाली सबै सखाफ पार्न थालेपछि स्थानीय चिन्तित भएका हुन्। मध्य रातको समयमा बदेलले खेतबारीमा लगाएको अन्नबाली खान थालेपछि समस्या बढेको स्थानीयले बताए।
‘बेलुकाको खाना खाएपछि रातभरि हामी पालैपालो बारीमा जागराम बस्ने गरेका छौँ’, तामाङले भने, ‘लगाएको अन्न सबै जंगली वन्यजन्तुले खाएपछि गुजारामै समस्या पर्नेछ। त्यसैले दिनभरको कामको थकाई नभनी रातभर बारीमै जागा बस्ने गरेका छौँ।’ करिब १५० घरधुरीभन्दा धेरैकाे बसोवास हुँदै आएको ठाउँमा जंगली जनावरको आतंकबाट बसाई सर्न पर्ने अवस्था सिर्जना भएको गुनासो पोखे। वन्यजन्तुले दुःख दिन थालेपछि आफूहरूले स्थानीय तह र सरकारी निकायमा खबर गर्दा समेत वेवास्ता गरेको बताए। समस्या लिएर पटकपटक वडा कार्यलाय र गाउँपालिका कार्यालाय जाँदा समस्याको समाधानको विकल्प नखोजेको आरोप लगाए।